टि–ट्वान्टी क्रिकेटको उपाधि मनकामना र माउन्ट हर्मनलाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

टि–ट्वान्टी क्रिकेटको उपाधि मनकामना र माउन्ट हर्मनलाई


१५ कार्तिक २०७५, बिहिबार


वीरगन्ज । नारायणी रंगशालामा भएको टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सिनियरतर्फको उपाधि मनकामना माविले जितेको छ । मनकामनाले फाइनलमा विधा सदन माविलाई ५ रनले हराएको हो ।

पहिले ब्याटिङ गरेको मनकामनाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएको थियो । ११५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङ थालेको विद्या सदनले निर्धारित ओभरमा १०९ रन मात्रै जोड्न सक्यो । खेलको म्यान अफ दि म्याच मनकामनाका आशिफ आलम घोषित भए ।

प्रतियोगिताको म्यान अफ द सिरिज विद्या सदन माविका साहिल हवारी घोषित भए । यस्तै, प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान न्यु वेभ माविमा राजकुमार चौधरी, उत्कृष्ट फिल्डर होली एन्जल माविका नवल चौरसिया, उत्कृष्ट विकेटकिपर होली एन्जल माविका राहुल चौरसिया, उत्कृष्ट बलर होली एन्जलका विजय यादव घोषित भए ।

 

जुनियरतर्फको उपाधि माउन्ट हर्मनलाई
प्रतियोगिताको जुनियरतर्फको उपाधि माउन्ट हर्मन माविले जितेको छ । उसले होली एन्जल माविलाई ७ रनले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको माउन्ट हर्मनले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०३ रनको जोड्यो । १०४ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको होली एन्जलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९६

रन मात्रै जोड्न सक्यो । प्रतियोगिताको म्यान अफ द म्याच सदन दास घोषित भए ।

प्रतियोगिताको म्यान अफ द सिरिज होली एन्जल माविका आदिल अन्सारी घोषित भए । प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान माउन्ट हर्मनका साजन दास, उत्कृष्ट फिल्डर सनराइज माविका सचिन सर्राफ, उत्कृष्ट विकेटकिपर माउन्ट हर्र्मनका सुबास पराजुली, उत्कृष्ट बलर होली एन्जल माविका आशिष सर्राफ, घोषित भए ।

युनिसन ग्रुप अफ स्कुलको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगिता नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको थियो ।

प्रतियोगिताको समापन समारोहमा विजयी खेलाडीहरूलाई जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद, ज्येष्ठ नागरिक पशुपति विक्रम शाह, एनप्याब्सनका प्रदेश सचिव नन्दन यादव लगायतले पुरस्कार, प्रमाणपत्र तथा शिल्ड वितरण गरेका थिए ।

सो अवसरमा प्रतियोगितामा विशेष योगदान दिने व्यक्तिलाई दोसल्ला ओढाउनुका साथै मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस