गोरखापत्र संस्थानका महाप्रबन्धक उपाध्यायलाई नहटाउन सर्वोच्चको आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गोरखापत्र संस्थानका महाप्रबन्धक उपाध्यायलाई नहटाउन सर्वोच्चको आदेश


प्रशासन विशेष ब्युरो

१४ कार्तिक २०७५, बुधबार


गोरखापत्र संस्थान

काठमाडौँ । सर्वोच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई नहटाउन आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले बुधबार उपाध्यायलाई पदबाट बर्खास्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको हो ।

यसअघि पनि उपाध्यायलाई बर्खास्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद्ले आइतबार उपाध्यायलाई पदबाट हटाउने निर्णय गरेको थियो । तर सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि उपाध्याय जिम्मेवारीमा फर्केका थिए ।

उपाध्यायलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा २०७४ मंसिर २५ मा चार वर्षका लागि नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस