लोक सेवाको तालिका अब अर्को पटक सार्दैनौं -अध्यक्ष मैनाली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोक सेवाको तालिका अब अर्को पटक सार्दैनौं -अध्यक्ष मैनाली


प्रशासन विशेष ब्युरो

१४ कार्तिक २०७५, बुधबार


लोक सेवा आयोग

काठमाडौं । लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले आगामी दिनमा विज्ञापन तालिका फेरबदल नगर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालद्धारा बुधबार आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष मैनालीले इतिहासमै पहिलो पटक सरकारलाई सहज होस् भन्ने आशयले विज्ञापनलाई दुई महिना पर (मंसिर) सम्म सार्नुपरेको स्पष्ट पारे । उनले भने, ‘अब अर्कोपटक सार्दैनौं ।’

सरकारले लोक सेवाको तयारीमा बसेका १० लाख बढि युवाहरुको भविष्यलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउँदै उमेर, समय,पारिवारिक अवस्था जस्ता संवेदनशीलतामा सरकार गम्भीर बन्नुपर्ने बताए ।

अध्यक्ष मैनालीले आयोगसँग लिनुपर्ने परामर्शलाई सरकारले गम्भीररुपमा लिनुपर्ने धारणा राख्दै सरकारलाई दिएका सुझावलाई परामर्शको रुपमा लिनुपर्ने बताएका छन् ।

प्रदेश लोक सेवा आयोगको गठनमा ढिलाइ हुँदा प्रदेशमा कर्मचारी नियुक्ति प्रक्रिया अवरुद्ध भएकोसमेत बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस