चितवनमा दश बजेपछि देउसी खेल्न नपाइने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चितवनमा दश बजेपछि देउसी खेल्न नपाइने


१२ कार्तिक २०७५, सोमबार


चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक सूचना जारी गर्दै राति १० बजेपछि देउसी भैलो नखेल्न अनुरोध गरेको छ ।

कार्यालयले पर्वलाई मर्यादित, अनुशासित र हर्षोल्लासका साथ मनाउन पनि आह्वान गरेको छ । प्रशासनले तिहार र छठमा कुनै पनि आतिसबाजी, पटका, भूइँचम्पा लगायतको विस्फोटक पदार्थ उत्पादन, भण्डारण, बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

त्यसैगरी चाडबाडको बेला लोकमार्गका लाइन होटेलबाहेक अन्य होटेल र मनोरञ्जन व्यवसायसमेत राति १० बजे बन्द गर्न आह्वान गरेको छ । सार्वजनिक सूचनामा जुवा, तास, कौडा, सट्टेबाजी, खडखडेलगायत जुवाजन्य खेल नखेल्न र नखेलाउन, मदिरा र मदिराजन्य बस्तुको बिक्री वितरण राति ९ बजेसम्म मात्र नियमानुसार अनुमति प्राप्त व्यवसायीले मात्रै गर्न अनुरोध गरिएको छ ।

स्वीकृति बिना चिठ्ठा, उपहारलगायत कार्यक्रम सञ्चालन नगर्न, मेला÷महोत्सव, प्रदर्शनी आयोजना पूर्व स्वीकृति लिई तोकिएका सर्त पालना गरी मात्रै सञ्चालन गर्न, होटल, किराना पसललगायतका व्यापारिक प्रतिष्ठानले अनिवार्य रुपमा मूल्य सूची राख्न आग्रह गरेको छ ।नेपालीको दोस्रो ठूलोचार्ड तिहार यही कात्तिक १९ गतेदेखि शुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस