प्रधानमन्त्री ओली अस्पताल भर्ना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओली अस्पताल भर्ना


१२ कार्तिक २०७५, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।

केही दिनदेखि स्वास्थ्य अवस्थामा समस्या देखिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप समस्या देखिएकाले सोमबार बिहान शिक्षण त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका हुन् ।

उनका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार सामान्य स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल पुर्याएको हो । उनको अहिले शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा स्वास्थ्य परीक्षण भइरहेको छ ।

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि केही दिनदेखि घरमै आराम गरिरहेका थिए । स्वास्थ्यकै कारण उनी नेकपाले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा समेत जान सकेका थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस