प्रशासनको छड्के अनुगमनः ५ कार्यालय प्रमुखसहित १ सय १६ जना कर्मचारी अनुपस्थित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रशासनको छड्के अनुगमनः ५ कार्यालय प्रमुखसहित १ सय १६ जना कर्मचारी अनुपस्थित


प्रशासन विशेष ब्युरो

११ कार्तिक २०७५, आइतबार


प्रशासनको छड्के अनुगमनः

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्ला स्थित १५ वटा सरकारी कार्यालयहरूको हाजिरी छड्के अनुगमन गर्दा ५ जना कार्यालय प्रमुखसहित १ सय १६ जना कर्मचारीहरू कार्यालयमा अनुपस्थित देखिएका छन् ।

प्रशासनले गरेको छड्के हाजिर अनुगममा ५ जना कार्यालय प्रमुख, १० जना अधिकृत स्तरका र १ सय १ अन्य जना कर्मचारीहरू अनुपस्थित रहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

उनले भने -सार्वजनिक सेवालाई छिटो छरितो सेवामुखी, प्रभावकारिता बनाउन कर्मचारीहरूको उपस्थित हुन आवश्यक छ चाडबाडको समयमा सेवाग्राहीहरुको चाप वृद्धिसँगै कर्मचारीहरूको उपस्थित आवश्यक छ सेवा प्रभाव र उपस्थितिको अवस्थाको बारेमा प्रभावकारिता ल्याउने उद्देश्यले छड्के अनुगमन गरेको बताए ।

प्रशासनले जिल्ला स्थित १५ कार्यालयको गरेको हाजिरी छड्के अनुगमनमा ११ वटा कार्यालयका कर्मचारीहरूको हाजिरी अनियमित रहेको र ४ वटा कार्यालयका कर्मचारीहरूको मात्र नियमित रहेको समेत बताए ।

प्रशासनले जिल्ला स्थित दिपायल सिलगढी नगरपालिका, जलाधार संरक्षण, डिभिजन बन, मालपोत, नापी, जिल्ला प्राविधिक, जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य, जिल्ला समन्वय समिति, जिल्ला शिक्षा समन्वय इकाई नेपाल टेलिकम, जिल्ला हुलाक, कोलेनीका, जिल्ला निर्वाचन र कारागारको अनुगमन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस