डोटीमा एक सय १ वर्षकी बृद्धाले लिईन् नागरिकता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डोटीमा एक सय १ वर्षकी बृद्धाले लिईन् नागरिकता


प्रशासन विशेष ब्युरो

११ कार्तिक २०७५, आइतबार


नागरिकता

डोटी । डोटी जिल्लामा आज पहिलो पटक एक सय १ वर्षकी बृद्धा महिलाले नेपाली नागरिकता प्राप्त गरेकी छन् ।

डोटी जिल्लाको पुर्विचौकी गाँउपालिका वडा नम्बर ७ पोखरी घर भएकी जगुदेवि खड्काले आज जिल्ला प्रशासन कार्यालय डोटीबाट नेपाली नागरिकता प्राप्त गरेकी हुन् ।

विसं १९७४ साल असोज ५ गते जन्मनुभएकी खड्काका ४ छोरा २ छोरीमध्ये १ छोरी र ३ छोराको मृत्यु भईसकेको र माईला छोरा र १ छोरी मात्र जिवित रहेको उनका नाति तेजेन्द्र कुमार खड्काले बताए । उनले भने बज्यै पहिलेदेखि जन्मदर्ता चिनाका आधारमा बृद्ध भक्ता खाईरहेकी थिईन् र साउन महिनादेखि नेपाली नागरिकता अनिवार्य भनेपछी नागरिकता लिन आएको बताए ।

जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत सन्तोष शर्माको हस्ताक्षरमा जारी नेपाली नागरिकता प्रमुख जिल्ला अधिकारी यादब सुवेदीले हस्तान्तरण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस