जीप दुर्घटनामा डिआइजी र पत्रकारसहित ३ को मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

जीप दुर्घटनामा डिआइजी र पत्रकारसहित ३ को मृत्यु


प्रशासन विशेष ब्युरो

१० कार्तिक २०७५, शनिबार


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुशार आज दिउँसो भएको दुर्घटनामा परी पत्रकार जीवन पराजुलीसहित दुइजनाको घटनास्थलमै र डिआइजी सुशील भण्डारीको उपचारको क्रममा मृत्यु भएको छ।

हेलम्बु राजमार्ग अन्तर्गत ढकालथोकमा बा ३ च २८७ नं को ल्याण्डक्रुजर जीप सडकबाट पाँचसय मिटर तल खस्दा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुशील भण्डारी, धुलिखेलस्थित रेडियो गौरवका स्टेशन मेनेजर मण्डन देउपुर नपा–४ का जीवन पराजुली र नमोबुद्ध नपा–१० का विनोद कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए।

घाइते हुनेमा एपीएफका पूर्व डिएसपी विनोद गौतम, धनराज पुरी र प्रदिप बोगटी छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस