वैदेशिक भ्रमणमा प्रधानमन्त्री कार्यालयको एक्सनः ‘बिदेश उड्न ठिक्क परेका १९ जनाको भ्रमण रोकियो’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वैदेशिक भ्रमणमा प्रधानमन्त्री कार्यालयको एक्सनः ‘बिदेश उड्न ठिक्क परेका १९ जनाको भ्रमण रोकियो’


प्रशासन विशेष ब्युरो

६ कार्तिक २०७५, मंगलबार


सचिव

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वैदेशिक भ्रमणका लागि ठिक्क परेका १९ जना पदाधिकारीहरुको भ्रमण रोकेको छ ।

होलसेल बजारको अवलोकन गर्न भियतनाम उड्ने तयारीमा रहेका कालिमाटी फलफूल तथा तरकारी विकास समितिका १९ जना पदाधिकारीको भ्रमण प्रधानमन्त्री कार्यालयले रोकेको हो ।

यही कात्तिक १० देखि १७ गतेसम्म तय गरिएको ७ दिने भ्रमण चार दिनअघि नै प्रधानमन्त्री कार्यालयले भ्रमण रोकिदिएको हो।

भियतनामका होलसेल बजारका पदाधिकारीसँग अन्तर्क्रिया गर्ने कार्यक्रमका लागि समिति, मन्त्रालय र विभागका प्रतिनिधि सहभागी रहेका थिए । उक्त कार्यक्रमका लागि ४० लाख रुपैयाँ छुट्याइएको थियो ।

वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५ को मर्म र भावना बिपरित देखिएकाले रोकिएको प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्त्ता बिनोद बहादुर कुँवरले बताएका छन् ।

औचित्य बिनाका फजुल भ्रमणहरुलाई नियन्त्रण गर्न जरुरी रहेको बताउँदै प्रवक्त्ता कुँवरले प्रशासनसँग भने -‘अब अरु निकायमा पनि रोकिनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस