चार देशको मैत्रिपूर्ण खेलको उपाधि ब्राजिलले जित्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चार देशको मैत्रिपूर्ण खेलको उपाधि ब्राजिलले जित्यो


३१ आश्विन २०७५, बुधबार


काठमाडौं । साउदी अरबमा भएको मैत्रिपूर्ण खेल ब्राजिलले जितेको छ । ब्राजिलले अर्जेन्टिनालाई हराउँदै चार देशको मैत्रिपूर्ण खेलको उपाधि जितेको हो ।

लियोनल मेस्सी विनाको अर्जेन्टिनालाई १-० गोल अन्तरले हराएर ब्राजिलले उपाधि जितेको छ । ब्राजिलको जितमा इन्जुरी टाइमले गोल गरेका थिए ।

किङ्ग अबदुल्ला स्पोट्र्स स्टेडियममा नेइमार, काउटिन्हो, रोबर्टो फिर्मिनोले गोल गर्न नसकिरहेका बेला उनले गोल गरेका थिए । अर्जेन्टिनी टोलीमा भने मेस्सीका साथै सर्जिओ एग्युरो, गोन्जालो हिगुइन र एन्जल डि मारिया पनि थिएनन् ।

प्रतिक्रिया दिनुहोस