२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जङ्गलमा अलैँची फलाएर भविष्य खोज्दै पूर्व लाहुरे

अ+ अ-

पर्वत । भोक्सिङमा जङ्गलभित्रको उपयोगविहीन वन क्षेत्रमा उनीहरुले लटरम्म अलैँची फलाएर सबैसामु उदाहरण प्रस्तुत गरेका हुन् । स्थानीय २५ जनाको समूहले लोसे पाखाको उत्तिसको जङ्गलमा ४ वर्षअघि अलैँची खेती गर्दै आएका छन् ।

प्राविधिकको सल्लाहबमोजिम पहिलो पटक कास्कीको ल्वाङ घलेलबाट ९० हजार अलैँचीका विरुवा ल्याएर रोपिएको थियो । रोपिएको एक वर्षमै अपेक्षाभन्दा निकै राम्रा बोट भएपछि उनीहरूले दोस्रो वर्ष पनि करीब ५० हजार बिरुवा थपे । अहिले स्थानीय ५ र ६ वडाका करीब ४० परिवारको ४०० रोपनी आवादी जङ्गलमा पनि अलैँची रोपेका लाहुरेले आगामी वर्ष नजिकैको सामुदायिक वनमा पनि यसलाई विस्तार गर्ने योजनामा छन् ।

अलैँचीले गतवर्षबाट फल दिन शुरु गरिसकेको छ । अलैँची खेतीमा २५ जनाले समान लगानी गरेकामा १५ जनाभन्दा बढी पूर्व लाहुरे छन् । भौगोलिक हिसावले दूर्गम भएकाले रोजगारी र आम्दानीको खोजीमा बसाइँसराई र युवा पलायन बढेपछि पोखरा, चितवन, काठमाडौंलगायतमा बस्दै आएका पूर्वलाहुरेहरु गाउँमा फर्केर अलैँची खेतीमा सम्लग्न छन् । अलैँची खेती शुरु गरेपछि अहिले ५० भन्दा बढी युवाले रोजगारी पाएका छन् । अलैँचीमा मात्रै रु दुई करोड भन्दा बढी लगानी भइसकेको छ ।

भौगोलिक हिसावले रामशाही र गोलशाही जातको अलैँची राम्रो फस्टाउने जमिन यहाँ छ । अलैँची फस्टाएपछि हौंसिएका स्थानीयले यो वर्षबाट नजिकैको सामुदायिक वनको गैरकाष्ठ झाडी फाँड्न शुरु गरेका छन् ।समुन्द्री सतहबाट १५ सय देखि १८ सय मिटर उचाइसम्म फैलिएको जमिनमा उत्तिसको जङ्गलको छाया र कालो माटो भएकाले अलँचीका लागि उपयुक्त भएको कृषि प्राविधिकको राय छ ।

“त्यहाँको भूगोल र माटो अलैँचीका लागि अति उपयोगी छ’, वरिष्ठ कृषि विकास अधिकृत वासुदेब रेग्मीले भने, अब त्यो क्षेत्रलाई अलैँचीको पकेटक्षेत्र घोषणा गरेर जङ्गलभरी अलैँची विस्तार गर्ने सोचमा छौं ।”

“अबको तीन वर्षमा हामीले अपेक्षा गरेको आम्दानी लिन सक्छौं” अलैँची खेती गर्दै आएका नारायण गुरुङले भने, “सबै जमिनमा रोप्न सके रु दुई अर्बको अलैँची निर्यात गर्न सकिन्छ । अलैँची विशेष गरी मसला र उच्च गुणस्तरको मदिरा उत्पादनका लागि भारत, चीन, श्रीलङ्कालगायतका मुलुकमा निर्यात हुने गरेको छ ।

अलैँची व्यवसाय विस्तार गर्न चाहेमा अझै १५ सय रोपनीभन्दा बढी जमिन छ । केही वर्ष अघिदेखि पर्वतमा विभिन्न कृषिसँग सम्बन्धित पेशामा स्थानीयबासीले रुची देखाउन थालेका छन् । विदेश गएर फर्केका युवाहरु, सेवानिवृत्त भएका लाहुरे तथा शिक्षक, कर्मचारी, उच्च शिक्षा हासिल गरेका युवायुवतीसमेत व्यवसायिक कृषिमा आकर्षित हुँदै जान थालेका छन् । रासस

प्रतिक्रिया दिनुहोस