गैँडा संरक्षणका लागि फुटबल प्रतियोगिता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गैँडा संरक्षणका लागि फुटबल प्रतियोगिता


२९ आश्विन २०७५, सोमबार


कावासोती । दुर्लभ एकसिँगे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दुमा राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आगामी कात्तिक तेस्रो हप्ता हुने भएको छ ।

प्रत्येक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष कात्तिक ११ गतेदेखि शुरु हुने आज पत्रकार सम्मेलनमा आयोजक नन्द भाउजू मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए । पन्ध्र वर्षदेखि सञ्चालन हुँदै आएको प्रतियोगितामा विभागीय तथा ‘ए’ डिभिजनका टोलीको समेत सहभागिता रहने छ । विजेताले रु चार लाख उनान्सय हजार ५५५ तथा उपविजेताले रु दुई लाख पचपन्न हजार ५५५ पुरस्कार प्राप्त गर्ने अध्यक्ष भण्डारीले बताए ।

खेलको माध्यमबाट युवालाई वन र वन्यजन्तु संरक्षणमा लाग्ने उत्पे्ररणा जगाउन समेत प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्नका लागि नेपाल सरकारसहित विभिन्न गैह्रसरकारी संस्थाको समेत सहयोग रहने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस