दुर्घटनाका घाइतेलाई आर्थिक सहयोग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दुर्घटनाका घाइतेलाई आर्थिक सहयोग


२९ आश्विन २०७५, सोमबार


म्याग्दी । रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामका धनबहादुर तिलिजालाई आइतबार रु डेढ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।

बहराइनको बुकामत कम्पनीमा कार्यरत रहँदा आगलागीमा परेर घाइते भएका तिलिजाको उपचारका लागि म्याग्दी उद्धार समिति बहराइनले एक लाख ६१ हजार पाँच सहयोग गरेको हो । समितिका अध्यक्ष लोकबहादुर राम्जालीले तिलिजालाई नगद हस्तान्तरण गरेका थिए ।

यसैगरी समितिका तर्फबाट म्याग्दी भ्रमण वर्ष २०७५ को अगुवाइ गरेको उद्योग वाणिज्य सङ्घलाई कालीपुलस्थित सूचना केन्द्रमा सञ्चार सुविधाको व्यवस्था गर्न रु २२ हजार २२२ सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यलाई हस्तान्तरण गरिएको छ ।

सो कार्यक्रममा पत्रकार हरिकृष्ण गौतमलाई रु ११ हजार ११५ नगद पुरस्कार प्रदान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस