कम्पनी रजिस्ट्रारको कार्यालयका उपरजिस्ट्रारको ‘थुना’ कानुनसम्मत -सर्वोच्च अदालत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कम्पनी रजिस्ट्रारको कार्यालयका उपरजिस्ट्रारको ‘थुना’ कानुनसम्मत -सर्वोच्च अदालत


प्रशासन विशेष ब्युरो

२७ आश्विन २०७५, शनिबार


high court

काठमाडौँ । सर्वोच्च अदालतले कम्पनी रजिस्ट्रारको कार्यालयका उपरजिस्ट्रार धर्मराज रोकायालाई थुनामा राखी अनुसन्धान गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई ‘कानुनसम्मत’ ठहर्‍याएको छ ।

रोकायालाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै नातेदार रोमान्स रानाले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले आदेश जारी गर्न अस्वीकार गरेको हो ।

अख्तियारले उपरजिस्ट्रारद्वय धर्मराज रोकाया र गंगाधर पौडेललाई फर्जी कागजातका आधारमा कम्पनीका सञ्चालकहरुको स्वामित्व परिवर्तनको निर्णय गरेको उजुरी छानबिनका क्रममा पक्राउ गरेको थियो ।

उनीहरुमाथि किर्ते कागजातका आधारमा कम्पनीको स्वामित्व हस्तान्तरण र जग्गा बेचविखन गरेको घटनामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस