कैलालीमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कैलालीमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना


प्रशासन विशेष ब्युरो

२७ आश्विन २०७५, शनिबार


डिजेल

कैलाली । कैलालीको अत्तरियामा डिजेल बोकेको ट्याङ्कर दुर्घटना भएको छ ।

धनगढीतर्फ आउँदै गरेको ना ५ ख १०१४ नम्बरको ट्याङ्कर शनिबार बिहान अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ट्याङ्कर सडकमा पल्टिदा सवै डिजेल सडकमा पोखिएको छ भने ठूलै क्षति हुनबाट बचेको छ ।

दुर्घटनापछि चालक हरिलाल चौधरी फरार भएका छन् भने सह–चालक रामस्वरुप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस