गुर्जा हिमाल आरोहणमा गएका ८ को मृत्यु, एक बेपत्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गुर्जा हिमाल आरोहणमा गएका ८ को मृत्यु, एक बेपत्ता


प्रशासन विशेष ब्युरो

२७ आश्विन २०७५, शनिबार


गुर्जा हिमाल

म्याग्दी । गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु भएको छ । अर्का एकजना वेपत्ता छन् ।

म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमालको आधार शिविरमा पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोलीमध्ये ८ जनाको सब शनिवार विहान भेटिएको हो ।

उनीहरु हिम पहिरो र आँधीमा परेका थिए । गुर्जा हिमाल चढ्नका लागि २१ गते हिँडेका गुर्जा गाउका बासिन्दाहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए ।

गाउँलेले टेन्टहरु तितरबितर भएको तथा शवहरु चिन्न नसकिने अवस्थामा फेला परेको शुक्रबार साँझ प्रहरीलाई खबर गरेपछि शनिबार बिहानैबाट खोजी र उद्धार टोली परिचालन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी बीरबहादुर बुढामगरका अनुसार उद्धार र खोजी कार्यमा कठिनाई भएको छ ।

शनिबार बिहान पोखराबाट गएको हेलिकोप्टर मौसमको खराबीका कारण अवतरण गर्न नसकेर फर्किएको छ ।

पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा हिमाल ६ हजार ४६५ मिटर अग्लो छ ।

Tags :
प्रतिक्रिया दिनुहोस