शाहवंशीय विरासत श्रीपेच सोमबारबाट प्रदर्शनीमा राखिँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शाहवंशीय विरासत श्रीपेच सोमबारबाट प्रदर्शनीमा राखिँदै


प्रशासन विशेष ब्युरो

२७ आश्विन २०७५, शनिबार


श्रीपेच

काठमाडौँ । शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आउँदो सोमबार (असोज २९ गते)बाट नारायणहिटी दरवार सङ्ग्रहालय सर्वसाधारणले हेर्न पाउने भएका छन् ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुशार सोमबारबाट सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिनेछ । सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन् ।

श्रीपेचसँगै राजदण्ड, तत्कालीन रानीको मुकुट, तरवार, चमर, झारी लगायत सामग्री प्रदर्शनीमा राखिने छ ।

दरबार सङग्रहालयका अनुसार श्रीपेच बुलेट प्रुफ सिसासहितको सोकेसमा राखिएको हुनेछ भने सुरक्षाका लागि सात वटा तह रहनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस