नुवाकोटमा बस दुर्घटना, दुईको मृत्यु « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

नुवाकोटमा बस दुर्घटना, दुईको मृत्यु


२६ आश्विन २०७५, शुक्रबार


बेत्रावती । नुवाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

समुन्द्रटारबाट त्रिशूलीतर्फ आइरहेको बस सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा आज बिहान दुर्घटना भएको हो। मृतक दुबैजनाको शव पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बा १ ख ६३५६ नंको बस दुर्घटनामा हुँदा बसमा सवार यात्रीमध्ये १५ भन्दाबढी घाइते भएका छन् । गम्भीर घाइते पाँच जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । बाँकी घाइतेलाई जिल्ला अस्पताल त्रिशूली पठाइएको छ ।

गणेशस्थानको छेरी खोलामा आइपुग्दा बस अनियन्त्रित भएर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ५० भन्दा बढी यात्रु सवार रहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस