सामूहिक गीत गाएर विश्व किर्तिमान, ३६५ जनाले पाए प्रमाणपत्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सामूहिक गीत गाएर विश्व किर्तिमान, ३६५ जनाले पाए प्रमाणपत्र


प्रशासन विशेष ब्युरो

२५ आश्विन २०७५, बिहिबार


सामूहिक गीत गाएर विश्व किर्तिमान

काठमाडौं । एकै समूहमा गीत गाएर विश्व किर्तिमान कायम गरेका ३ सय ६५ जना नेपाली गायक-गायिकाहरुलाई प्रमाणपत्र बाँडिएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे, उदित नारायण झा लगायत ३ सय ६५ जना ख्याती प्राप्त नेपाली गायक/गायिका एवं संगितकर्मी कलाकारहरुको स्वरमा ३३ मिनेट ४९ सेकेण्डको वातावरण सम्बन्धी गीतका लागि विश्व किर्तिमान राखेका कलाकारहरुलाई पर्यटनमन्त्री रविन्द्र अधिकारीले एक कार्यक्रमकाबिच प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

दिगो वातावरण तथा प्रारिस्थितिकिय प्रणाली व्यवस्था नेपालद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी भएर विश्व किर्तिमान राख्न सफलहरुलाई सामुहिकरुपमा प्रमाणपत्र वितरण गरिएको हो ।

जर्मनबाट वातावरण विज्ञानमा उच्च शिक्षा हासिल गरी वातावरणीय संरक्षणमा योगदान पुर्याउने उद्येश्यले नेपाल फर्केका निपेश ढाकाले ६५ वटा जिल्लाको भ्रमण गरी तयार पारेको वृत्तचित्रमा समावेश ३३ मिनेटको गीति सन्देशका लागि सामुहिक गीत गाइएको थियो ।

उक्त गीत वि.सं.२०७३ सालमा रेडीयो नेपालको स्टुडियो सिंहदरबारमा रेकर्डिङ गरिएको थियो । गिनिज बुक रेकर्डमा दर्ता प्रक्रियामा रहेको उक्त गीतको एल्बम बिमोचन २०७४ सालमा आर्मि अफिसर्स क्लबमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट गराईएको थियो ।

Environment

 

Tags :
प्रतिक्रिया दिनुहोस