सहन्यायाधिवक्ता पाँच लाख घुससहित पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सहन्यायाधिवक्ता पाँच लाख घुससहित पक्राउ


प्रशासन विशेष ब्युरो

२४ आश्विन २०७५, बुधबार


अख्तियार

पोखरा । सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता थापालाई बुधबार बिहान अख्तियारको टोलीले पक्राउ गरेको हो ।

मुद्दा मिलाई दिने सिलसिलामा सेवाग्राहीबाट घुस लिएपछि पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी मदन कोरालाले बताए । उनीमाथि थप अनुसन्धान भईरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस