दसैं सुरु, घरघरमा जमरा राखिँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दसैं सुरु, घरघरमा जमरा राखिँदै


प्रशासन विशेष ब्युरो

२४ आश्विन २०७५, बुधबार


दसैं सुरु, घरघरमा जमरा राखिँदै

काठमाडौं । हिन्दू नेपालीहरूको मुख्य चाड दसैं आज सुरु भएको छ । दसैंको पहिलो दिन आज घरघरमा जमरा राखिँदैछ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको साइत बिहान ७ः१५ मा रहेको छ ।

हिन्दू धर्मावलम्बीहरूले असोज शुक्ल प्रतिपदा (घटस्थापना)को दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छर्ने गर्छन् । आजैका दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो ।

आज राखिएको जमरालाई टीकाको साइतमा फूलको रूपमा प्रयोग गर्ने प्रचलन छ ।

जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ । टीकाको दिन मान्यजनको हातबाट टीका ग्रहण गर्दा जमरा नै प्रयोग गरिन्छ ।

जमरा राख्नुअघि घर शुद्ध गर्नुपर्ने मान्यता छ । त्यसपछि शुद्ध माटोमा जमरा छरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ ।

प्रतिक्रिया दिनुहोस