हराइरहेका इन्टरपोल प्रमुख चीनको नियन्त्रणमा,हिरासतबाटै दिए राजीनामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हराइरहेका इन्टरपोल प्रमुख चीनको नियन्त्रणमा,हिरासतबाटै दिए राजीनामा


प्रशासन विशेष ब्युरो

२२ आश्विन २०७५, सोमबार


इन्टरपोल

काठमाडौं । झन्डै दुई सातादेखि हराइरहेका इन्टरपोलका प्रमुख मेङ मेङ होङ्वेईलाई चीनले नियन्त्रणमा लिएको खुलासा भएको छ ।

चिनियाँ अधिकारीहरूले उनलाई नियन्त्रणमा लिएको आइतबार खुलासा गरेका हुन्। चिनियाँ कानुनको उल्लंघन गरेको आरोपमा उनीमाथि छानबिन भइरहेको बताइएको तर उनले के गल्ती गरेका हुन् भन्ने खुलाइएको छैन।

पक्राउ परेसँगै मेङले इन्टरपोलको प्रमुखबाट राजीनामा दिएको र फ्रान्सको लियोनमा रहेको इन्टरपोल मुख्यालयले तत्कालै लागू हुने गरी दिएको राजीनामा पत्र प्राप्त भएको जनाएको छ।

लामो समय चीनको सार्वजनिक सुरक्षा राज्यमन्त्री रहेका मेङ सन् २०१६ नोभेम्बरमा ४ वर्षका लागि इन्टरपोलको प्रमुख नियुक्त भएका थिए।

फ्रान्सबाट चीन हिँडेका मेङ सम्पर्कमा नआएपछि उनकी पत्नी ग्रेसले शुक्रबार फ्रान्स प्रहरीलाई पति हराएको जानकारी गराएकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस