पप्पु कन्ट्रक्सनका मालिक एवं सांसद रौनियार स्वतः निलम्बनमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पप्पु कन्ट्रक्सनका मालिक एवं सांसद रौनियार स्वतः निलम्बनमा


प्रशासन विशेष ब्युरो

२० आश्विन २०७५, शनिबार


रौनियार स्वतः निलम्बनमा

काठमाडौं । पप्पु कन्ट्रक्सनका मालिक एवं सांसद हरिनारायण रौनियार स्वतः निलम्बनमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सभामुख कृष्णबहादुर महरालाई भ्रष्टाचार मुद्दा दायर गरेको औपचारिक जानकारी पछि उनको सांसद पद स्वत निलम्बनमा परेको सभामुख महराले बताएका छन्।

संसदीय मामिला पत्रकार समाजले शनिबार गरेको कार्यक्रममा बोल्दै सभामुख महराले सांसद रौनियारबिरुद्ध मुद्दा दायर भएको पत्र संसद् सचिवालयमा आइसकेको र भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः निलम्बित भइसकेको बताए ।

शुक्रबार आयोगले विशेष अदालतमा सांसद रौनियार एवं उनका छोरा एवं कन्ट्रक्सनका वर्तमान अध्यक्ष समित रौनियासहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । रौनियार बाबु छोराविरुद्ध जनही १९ करोड बिगो दाबी गरिएको छ।

बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटस्थित बबई नदीमा निर्माण गरेको पुल गुणस्तरहीन भएका कारण उद्‌‌घाटन नहुँदै भत्किएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस