प्रधानमन्त्री ओली स्वदेश फिर्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री ओली स्वदेश फिर्ता


१८ आश्विन २०७५, बिहिबार


काठमाडौं । संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा सहभागी भएर प्रधानमन्त्री केपी ओली आज स्वदेश फिर्ता भएका छन् ।

उनी अपरान्ह पौने ४ बजे कतार एयरलायन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा भाग लिन गत असोज ६ गते अमेरिकाको न्यूयोर्क गएका थिए ।

अमेरिकामा रहँदा ओलीले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकारका प्रमुखसँग औपचारिक एवं अनौपचारिक भेटवार्ता गरेका थिए ।

महासभापछि प्रधानमन्त्री ओलीले कोस्टारिकाको समेत भ्रमण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस