आईजीपी खनाललाई बर्खास्त गर्न सत्तारुढ दलकै भातृ संगठनको माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आईजीपी खनाललाई बर्खास्त गर्न सत्तारुढ दलकै भातृ संगठनको माग


१८ आश्विन २०७५, बिहिबार


काडमाडौं । आईजीपी सर्वेन्द्र खनाललाई बर्खास्त गर्न सत्तारुढ दलकै भातृ संगठनले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका छन् ।

सत्तारूढ दलका दुर्इ भातृ संगठनले जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालार्इ प्रभावकारी बनाउन असक्षम भएको भन्दै प्रहरी प्रमुखलार्इ तत्काल बर्खास्त गर्नु पर्ने माग गरेको छ ।

निर्मला पन्त बलात्कार र हत्या प्रकरणका मूल कारक बम दिदीबहिनी, एसपी र दसी प्रमाण मेट्ने अन्य प्रहरीमाथि पनि अनुसन्धान केन्द्रीत हुनु पर्ने माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

देशभरि महिला हिंसाका साथै अपराधिक गतिविधि बढ्दै गए पनि प्रहरीले अपराधीलाई पक्राउ गर्न नसक्नु र प्रहरी आफै घटनाको ढाकछोप गर्न लाग्दा पनि महानिरीक्षकले कुनै चासो नलिएका कारण राजीनामा माग गरिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस