सुनकाण्डमा मुछिएका एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सुनकाण्डमा मुछिएका एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा


प्रशासन विशेष ब्युरो

१७ आश्विन २०७५, बुधबार


सुनकाण्ड

काठमाडौं । ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी बनाइएका २ प्रहरी अधिकारीको निलम्बन फुकुवा भएको छ ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा बुधबार तत्कालिन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी र सुन तस्करीमा सघाउन रकम लिएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालको निलम्बन फुकुवा गरेको हो ।

साधारण तारेखमा रिहा भएका प्रहरी अधिकारीको निलम्बन फुकुवा हुने प्रहरी नियमावलीको प्रावधान अनुशार दुबै जनाको निलम्बन फुकुवा भएको गृह स्रोतले बतायो ।

उच्च अदालत विराटनगरको साधारण तारेखमा रिहा गर्ने आदेशसँगै निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस