आचरण विपरित काम गरेको भेटिएपछि २० प्रहरीको एकैपटक सरुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आचरण विपरित काम गरेको भेटिएपछि २० प्रहरीको एकैपटक सरुवा


प्रशासन विशेष ब्युरो

१७ आश्विन २०७५, बुधबार


प्रहरी

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी प्रभाग, नागढुंगाका सम्पूर्ण प्रहरी युनिट परिवर्तन गरेको छ ।

प्रहरीको आन्तरिक शुद्धिकरण आवश्यक रहेको भन्दै हरेक प्रहरी कार्यालयको निगरानी सुरु गरेको परिसरले नागढुंगाका प्रहरी कर्मचारीले आचरण विपरित काम गरेको पाएपछि मंगलबार एकैपटक जवानदेखि सईसम्म गरी २० जना प्रहरीको सरुवा गरेको हो । नागढुंगामा प्रहरी निरीक्षक केशवराज भट्ट नेतृत्वको टोली खटिएकोमा भट्टलाई भने यथावत राखिएको छ ।

कोटेश्वर र काँडाघारी प्रहरी प्रभागका ९ जना प्रहरी अधिकारीलाई एकैदिन घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेपछि प्रहरीले मातहतको कार्यालयहरुमा शुद्धिकरण अभियान थालेको थियो ।

आइजिपीको कडा निर्देशनपछि मातहतका प्रहरी कार्यालयको निरीक्षण सुरु गरेको महानगरीय प्रहरी प्रहरी परिसर, काठमाडौंले एसपी अशोक सिंहको नेतृत्वमा दिनको एक पटक काठमाडौंका विभिन्न प्रहरी कार्यालयको निरीक्षणमा खटाउने गरेको छ ।

सोही क्रममा नागढुंगा पुगेका उनले आचरण विपरित काम गरेको पाएपछि उनीहरुलाई प्रहरी हेडक्वार्टर, आयुक्त कार्यालय लगायतमा तानिएको छ भने नागढुंगामा महानगरीय प्रहरी कार्यालय, रानीपोखरी, काठमाडौं प्रहरी परिसर, टेकु र विभिन्न वृत्तबाट प्रहरी कर्मचारी पठाईसकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस