कर्मचारीमाथि दुर्व्यवहार गर्ने तीन जनालाई जरिवाना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीमाथि दुर्व्यवहार गर्ने तीन जनालाई जरिवाना


१७ आश्विन २०७५, बुधबार


मेलम्ची । हेलम्बु गाउँपालिका–३ पाल्चोकमा विद्युत् प्राधिकरणको कर्मचारीलाई दुर्व्यवहार गर्ने तीन जनाले आइन्दा यस्तो नगर्ने प्रतिबद्धता गरेका छन् । केही दिनअघि मिटर जाँच गर्न जाँदा कर्मचारी अमृत ढकाललाई स्थानीय गोपाल तोलाङ, कृष्ण तामाङ, रामबहादुर नेपालीले दुर्व्यवहार गरेका थिए ।

हिजो वडाध्यक्ष, प्रहरी प्रशासन, पीडित र भद्र भलादमीको उपस्थितिमा विद्युत् चुवावट गर्नेलाई जरिवानासहित सम्झाइबुझाइ पठाइएको मेलम्ची हेलम्बु वितरण केन्द्रका प्रमुख बलराम नेपालले जानकारी दिए । आगामी दिनमा वडामा विद्युत् चुवावट कम गर्न सहयोग गर्ने कर्मचारीलाई सहजरुपमा काम गर्न वातावरण मिलाउने, कर्मचारीबाट गल्ती भए कार्यालयमा जानकारी गराउने सहमति गरिएको नेपालले जानकारी दिए ।

विद्युत् चुवावट गर्ने गोपाल तोलाङेबाट २८ हजार, कृष्ण तामाङबाट ६२ हजार र रामबहादुर नेपालीबाट ११ हजार जरिवाना असुल उपर गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस