सुशासन समितिमा पत्रकार प्रवेशमा रोक लगाएकोमा महासंघको आपत्ति « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुशासन समितिमा पत्रकार प्रवेशमा रोक लगाएकोमा महासंघको आपत्ति


प्रशासन विशेष ब्युरो

१७ आश्विन २०७५, बुधबार


काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको समाचार संकलनमा पत्रकारलाई निषेध गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यसअघि पत्रकारलाई प्रवेश दिइँदै आइएकोमा असोज १५ गते भएको समितिको बैठकमा भने राज्यको महत्वपूर्ण विषयमा हुने छलफलमा सञ्चारजगत्को प्रवेश राम्रो नहुने भन्दै समितिकी सभापति शशी श्रेष्ठले पत्रकारलाई समाचार संकलनमा निषेध गरेकी थिइन् ।

‘नागरिकलाई सुसूचित गराउने कार्यमा पत्रकारलाई सहयोग गर्नुको साटो समाचार संकलनमा निषेध गरिएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो,’ महासंघका महासचिव रमेश विष्टद्वारा विज्ञप्तिमा भनिएको छ, ‘महासंघ राज्यको जिम्मेवार व्यक्तित्वबाट भएको यस्तो कार्यको कडा भत्र्सना गर्दछ ।’

प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई संवैधानिक स्वतन्त्रताको सुनिश्चितता प्रदान गर्न महासंघले सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ ।

हेर्नुहोस् विज्ञप्ती

 

Tags :
प्रतिक्रिया दिनुहोस