२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७४ वर्षीया बृद्धा बलात्कृत

अ+ अ-

डोटी । डोटीमा सोमबार ७४ वर्षीया बृद्धा बलात्कृत भएकी छन् । विश्वभरी २८ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइरहँदा सोमबार बिहान आफ्नो गाउँबाट छिमेकी गाउँ जाने क्रममा बडीकेदार गाउँपालिका–३ की ७४ वर्षीया बृद्धा बलात्कृत भएकी हुन् ।

उनलाई बाटोमा एक्लै हिँडिरहेको अवस्थामा बोगटान गाउँपालिका–१ सिमचौर पान्साका २२ वर्षीय युवक गणेश भनिने एकेन्द्र धामीले बलात्कार गरेको हुन् । पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका थिए ।

उनीबिरुद्ध जवरजस्तीकरणी सम्बन्धी मुद्धा चलाइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उनीबिरुद्ध जवरजस्ती करणी सम्बन्धी मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धुर्व बिष्टले जानकारी दिए । ‘अहिले स्वास्थ्य परिक्षण गराउन जिल्ला अस्पताल पठाइरहेका छौं,’ निरिक्ष्ँक बिष्टले भने, ‘डोटीमा पछिल्लो समय बलत्कारका घटना प्रतिदिन बढ्न थालेका छन् । घटनाका दाषिलाई कडा कारवाही गरिने छ ।’

डोटीमा साउन यतामात्र ५ वटा बलात्कारका घटनाहरु भएका छन् । त्यसमध्य दुई बालिका, एक ज्येष्ठ नागरिक र एक अपाङ्ग रहेका छन् ।

गत साउन १७ गते डोटी आदर्श गाउ“पालिकामा २२ वर्षीया एक महिलालाई घरभित्रै बलात्कारको प्रयास गरेको आरोपमा आदर्श गाउ“पालिका–२ का धौले लुहार बिरुद्ध मुद्धा दर्ता भएको छ । शिखर नगरपालिकामा १६ वर्षीया बालिकामाथि जवरजस्ती करणी भएको छ ।सायल गाउ“पालिका ६, डोटी घर भई हाल शिखर नगरपालिका–६ मा बस्दै आएका शिवराज लुहारलाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेर मुद्धा चलाएको छ ।

पूर्वीचौकी गाउँपालिकाकी २१ वर्षीया अपाङ्ग महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा सोही गाउँपालिकाका ३५ वर्षीय शिव लुहारबिरुद्ध जवरजस्ती करणीको मुद्धा दर्ता छ । यसै सातामात्र शिखर नगरपालिकाकी १७ वर्षीया बालिकालाई जवरजस्तीकरणी गरेको भन्दै शिखर नगरपालिकाकै योगेन्द्र बलायर विरुद्ध जिल्ला प्रहरीमा किटानी दर्ता गरिएको छ । बलायरलाई आइतबार मात्रै बझाङ्गबाट पक्राउ गरी प्रहरीले डोटीमा ल्याई पुर्‍याएको जिल्ला प्रहरीका प्रहरी नायव निरिक्ष्ँक लाल बहादुर धामीले जानकारी दिए ।

पछिल्लो समय लगातार भइरहेका बलत्कारका घटनाहरुको बिरोध गर्दै नेपाल महिला संघ डोटीकी अध्यक्ष माया कुवरले आपत्ति प्रकट गरेकी छिन् । उनले बलत्कारका घटनाहरुमा राजनीतिक संरक्षण दिने काम भइरहेकाले त्यसको बिरोधमा महिला संघ उत्रने चेतावनी समेत दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस