प्रहरीमा भर्ना खुल्यो, इन्सपेक्टरदेखि खेलाडीसम्म ७ हजार २ सय ५६ जनालाई अवसर(सूचीसहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रहरीमा भर्ना खुल्यो, इन्सपेक्टरदेखि खेलाडीसम्म ७ हजार २ सय ५६ जनालाई अवसर(सूचीसहित)


प्रशासन विशेष ब्युरो

१५ आश्विन २०७५, सोमबार


नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ७ हजार २ सय ५६ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगीलगायतका पदहरुमा सोमबार भर्ना आह्वान गरेको हो ।

जनपथतर्फ प्रहरी निरीक्षकमा १ सय ८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५ सय २४ जना माग गरिएको छ । त्यसैगरी प्रहरी जवानमा ६ हजार २ सय ४४, कार्यालय सहयोगी(भान्छे) ३ सय २०, कार्यालय सहयोगी(हजाम)१५, कार्यालय सहयोगी(सिलाईबुनाई)१२, कार्यालय सहयोगी(कुचिकार)१४, कार्यालय सहयोगी(मोचि)९ र कार्यालय सहयोगी(खेलाडी)३० जनाको माग भएको छ ।

दरखास्त फारम असोज १८ देखि कात्तिक २९ गतेसम्म बुझाउन सकिनेछ । प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सात वटै प्रदेश प्रहरी कार्यालयमा फाराम बुझाउने व्यवस्था मिलाइएको छ ।

जवान पदको दरखास्त काठमाडौं, ललितपुर, भक्तपुरसहित सबै जिल्ला प्रहरी कार्यालयहरु तथा प्रदेश प्रहरी कार्यालयमा बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस