सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको छ : नेता महतो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको छ : नेता महतो


१० आश्विन २०७५, बुधबार


पर्सा । सङ्घीयताको आडमा मुलुकलाई नै असफल बनाउने षडयन्त्र भइरहेको राजपाका नेता राजेन्द्र महतोले बताएका छन् ।

पर्साको वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले लोकतन्त्र विरोधीहरु सङ्घीयताप्रति वितृष्णा उत्पन्न गरी मुलुकलाई नै असफल बनाउने खेलमा लागेकाले सबै राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

उनले कर वृद्धिको आडमा लोकतन्त्र विरोधीहरु सङ्घीयतासँगै लोकतन्त्रलाई नै सिध्याउने खेलमा लागेकाले स्थानीय तथा सङ्घीय सरकारले जनताको ढाड सेक्ने गरी कर वृद्धि नगर्न र गरिएको कर वृद्धि फिर्ता लिन अपिल गरेको छन्।

संविधान संशोधनमार्फत मधेसीका मुद्दा संविधानमा समावेश गर्ने सरकारको प्रतिवद्धता अझै पूरा नभएको भन्दै अधिकार प्राप्तिका लागि राजपाले कुनैपनि बेला आन्दोलनको घोषणा गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस