संसदीय सुनुवाई विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध चयन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

संसदीय सुनुवाई विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध चयन


७ आश्विन २०७५, आइतबार


काठमाडौं । संसदीय सुनुवाई विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध चयन भएका छन् । संसदीय सुनुवाई विशेष समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कर्णलाई सभापतिमा निर्विरोध चयन गरेको हो ।

समितिका जेष्ठ सदस्य भिमसेनदास प्रधानका अनुसार एउटै मात्रै उम्मेदवारी परेकाले कर्ण सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । यस अघि पनि जेष्ठ सदस्यको हैसियतमा समितिको सभापतिको भूमिका निर्वाह गर्दै आएका थिए । उनले निर्वाचित भइसकेपछि बोल्दै समितिको काममा आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन् ।

नवनिर्वाचित सभापति कर्ण राष्ट्रिय जनता पार्टी, नेपालका प्रतिनिधिसभाका सांसद हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस