निगमका चालकद्वारा इन्धन ढुवानीमा अवरोध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निगमका चालकद्वारा इन्धन ढुवानीमा अवरोध


प्रशासन विशेष ब्युरो

४ आश्विन २०७५, बिहिबार


काठमाडौं । नेपाल आयल निगममा पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ढुवानीकर्ता तथा चालकले इन्धन ढुवानीमा अवरोध पुर्‍याएका छन् ।

मुलुकी संहिता संसोधनको माग राख्दै देशभरका सवारी चालकहरू आन्दोलित भइरहेका बेला निगमका ढुवानीकर्ता तथा चालकहरूले पेट्रोलियम पदार्थ बोक्न छाडेका हुन् । उनीहरूले देशभरका चालकहरूको आन्दोलनमा समर्थन जनाएका छन् ।

यसअघि निगमसँग सम्झौता गरेका ट्यांकरका चालकहरूले तलब–भत्ता वृद्धि, सञ्चयकोष, ट्रिप भत्तालगायत माग राखेर आपूर्ति ठप्प पारेका थिए । त्यसलगत्तै निगमले उनीहरूका माग पूरा गरेको थियो ।

निगमका अनुसार आन्दोलित चालकहरूले पिडिओ नलिने, आइओसीमा लोड लिन नजाने, बिक्री वितरणमा सहयोग नगर्नेलगायत गरिरहेका छन् ।

निगमले ढुवानीकर्ता तथा चालकहरूका माग पूरा गरिसकेको भन्दै उनीहरूलाई नियमित काममा फर्कन आग्रह गरेको छ ।

निगमले विज्ञप्ति जारी गर्दै सम्झौताअनुसार काम नगरे सम्झौता रद्द गर्ने चेतावनीसमेत दिएको छ । पेट्रोलियम पदार्थको प्रतिकूल प्रभाव पार्ने गरी पिडिओ नलिने, आइओसीमा लोड लिन नजाने, डिपोमा लोज लिएर नआउने, बिक्री वितरणमा सहयोग नगर्नेलगायतका कार्यहरू गरेको पाइएमा सम्बद्ध सबै पक्षलाई निगमको विनियमावलीबमोजिम दायित्व पूरा नगरेको मानी ढुवानी सम्झौता रद्द गर्नेसम्मको कडा कारबाही गरिने जानकारी गराइन्छ,’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस