संविधानको विरोध गर्ने सिके राउतका दर्जनौ कार्यकर्ता पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संविधानको विरोध गर्ने सिके राउतका दर्जनौ कार्यकर्ता पक्राउ


३ आश्विन २०७५, बुधबार


जनकपुर । संविधानको विरोध गर्दै हिडेका सिके राउत समूहका दर्जनौ कार्यकर्ता पक्राउ परेका छन् । एक मधेस एक प्रदेशको मागस गर्दै संविधान दिवसको विरोधमा उत्रिएका दुई सय बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

आज बिहानैदेखि संविधान दिवसको विरोध गर्दै प्रदर्शनमा उत्रिएका राउतका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले हस्तक्षेप गरेपछि उनीहरुको जनकपुरको बाह्रबिघा मैदानमा जम्मा भएका छन् । विरोध कार्यक्रममा राउत स्वयम् उपस्थित हुने बताइएको भए पनि अहिलेसम्म उनी उपस्थित भएका छैनन् । प्रहरीले संविधान विरोधी काम गरेकाले उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस