अख्तियारद्वारा एकैपटक घुस लिँदै गरेका नौ प्रहरी पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अख्तियारद्वारा एकैपटक घुस लिँदै गरेका नौ प्रहरी पक्राउ


३१ भाद्र २०७५, आइतबार


अख्तियार

काठमाडौं । बालुवाखानी सञ्चालकबाट घुस लिँदैगर्दा ९ जना प्रहरीलाई अख्तियारले पक्राउ गरेको छ।

मनोहरा खोलाबाट बालुवा निकालेर बेच्ने, ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने ९ प्रहरीलाई एकैपटक पक्राउ गरेको हो । दुई जना असइसहित ९ प्रहरी शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अप्रेसन’मा परेका हुन् ।

पक्राउ पर्नेमा महानगरीय प्रहरी प्रभाग काँडाघारी, कोटेश्वर र सानोठिमी वृत्तका प्रहरी रहेका छन् । जसमध्ये असइ गोपाल श्रेष्ठलाई आयोगले ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ भने त्यस्तै, असइ सुवास ढुंगाना र हवल्दार दीपक भारती ४५ हजार रुपैयाँ घुससहित समातिएका छन् ।

प्रहरी हवल्दार उमेश यादव, अमन चौधरी, प्रहरी जवान दीपेन्द्र कुँवर र मुकेश पटेल ५–५ हजार घुससहित पक्राउ परेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । जवानद्वय रत्न रिजाल र मानसिंह रोका पनि ५ हजार घुस लिएको अवस्थामा समातिएका छन् ।

असइ सुवास ढुंगाना– ४५ हजार
हवल्दार दीपक भारती– ४५ हजार
असइ गोपाल श्रेष्ठ– ३० हजार
हवल्दार उमेश यादव– ५ हजार
हवल्दार अमन चौधरी– ५ हजार
जवान मुकेश पटेल– ५ हजार
जवान दीपेन्द्र कुँवर– ५ हजार
जवान मानसिंह रोका– ५ हजार
जवान रत्न रिजाल– ५ हजार

Tags :
प्रतिक्रिया दिनुहोस