तीज पर्वको मौलिकतालाई बिर्सेर भड्किलो र खर्चिलो बनाउनेतिर लाग्नु हुँदैन –प्रधानमन्त्री ओली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

तीज पर्वको मौलिकतालाई बिर्सेर भड्किलो र खर्चिलो बनाउनेतिर लाग्नु हुँदैन –प्रधानमन्त्री ओली


२७ भाद्र २०७५, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश दिँदै तीज पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिलोस् भने।

नेपालजस्तो बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले आम नेपालीलाई एक सूत्रमा बाँध्न सहयोग गर्ने प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

तीज पर्वलाई समयानुसार परिस्कृत गरे पनि यसको मौलिकतालाई कायम राख्नुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गरे। “तीज पर्वको मौलिकतालाई बिर्सेर यसलाई भड्किलो र खर्चिलो बनाउनेतिर लाग्नु हुँदैन”, प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “यस पर्वले कहीँ न कहीँ महिला स्वतन्त्रताको इतिहास बोकेको छ । यसलाई त्यसै रुपमा जोगाएर लैजानु पर्दछ ।”

Tags :
प्रतिक्रिया दिनुहोस