हरितालिका तीजबारे « प्रशासन
prasaLogo
२६ भाद्र २०७५, मंगलवार

हरितालिका तीजबारे


प्रकाशित मिति : 11 September, 2018 12:00 pm

असारे रोपाई र गीतको भेलसँगै अब मानिसमा कामको त्यति चटारो रहने छैन । आराम र भेटघाटको वार्षिक तालिकामा भदौ, असोज र कात्तिक महिना पर्न जान्छ । एक वर्षमा १२ महिना हुन्छ । जसमा ९ महिना हरेक क्षेत्रका मानिसहरूलाई तीन महिनाभित्र पर्ने चाडपर्वलाई कसरी लाने र कसरी मनोरञ्जन लिने भन्ने सोच हुन्छ । यसको भरपुर उपयोग पनि गरेको पाइन्छ ।

हिन्दू धर्मावलम्बीको जात्रा, चाडपर्वको तिथिलाई क्वाँटी दिवस अर्थात् जनै पूर्णिमाले स्वागत गर्छ । यसको सुरुवातसँगै चाडपर्वको लर्को लाग्न थाल्छ । जनै पूर्णिमासँगै आउने गाईजात्रा र कृष्णाजन्माष्टमीले यस महिनाको महत्वलाई घचघच्याउन थाल्छ ।

त्यसैमा पर्ने महिलाहरूको लागि मनाइने हरितालिका तीजले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । महिलाहरूको विशेष पर्वको रूपमा लिइएको तीज अहिले सामाजिक विकृतिको एउटा पाटो पनि बन्न पुगेको छ । धार्मिक परम्परा अनुसार तीजको महत्व अन्य भएपछि यसलाई रमाइलो गर्ने साधनको रूपमा लिने गरिएको छ । यसले पुरातात्विक संस्कृतिलाई उजागर गर्नेभन्दा पनि तल्लो तहमा ल्याएर बयान गरिन थालिएको छ । राजधानी सहर काठमाडौं र सात प्रदेशका विशेष सहरहरूमा तीज आउनु एक महिनापहिलेदेखि रातो सारी र मीठा पकवानले नेपाली महिलाहरूलाई तान्न थालेको छ । अहिले तीजलाई धार्मिक परम्परा भन्दा मनोरञ्जनको एउटा साधनको रूपमा परिभाषित हुन थालेको छ । जसले धार्मिक परम्परामा धावा बोलिरहेको भएपछि यसको उचित सम्पादनको जिम्मा कसैले पनि लिन सकेका छैनन् ।

जति जति तीजको दिन नजिकिँदै जान्छ । त्यति यसको व्यवस्थापन पनि भड्किलो बन्दै छ । हिन्दू महत्व र धार्मिक परम्पराको पछाडि लाग्ने हो भने हरितालिका तीजलाई ठूलै कथाले छोपेको आभास पाइन्छ । धार्मिक परम्पराको कुरा गर्दा तीजको महत्व अग्रस्थानमा आउँछ । माता पार्वतीले भगवान शिवलाई आप्mनो वरको रूपमा पाउन व्रत बसेको अवस्था उनको निराहार र कठोर व्रतदेखि प्रसन्न भएर शिवले आफुलाई पार्वतीमा सुम्पेको कथन विभिन्न धार्मिक पुस्तकहरूमा पढ्न र सुन्न पाइन्छ । त्यही परम्पराको निरन्तरता नै अहिलेसम्म चलेको छ । जसलाई शाब्दिक अर्थमा हरितालिका तीज भनिन्छ । यही परम्परालाई कायम राख्दै हिन्दूवादी महिलाहरूले आफ्नो श्रीमान्को दीर्घायु जीवन र स्थायी स्वास्थ्यको लागि एकदिन अगाडि दर (मीठा–मीठा) खानेकुराहरू खाएर त्यसको भोलिपल्ट निराहार व्रत (भोको पेट) बस्ने चलन चलाएका हुन् । विगतमा यस व्रतको नियम विकराल भए पनि अहिले भने यस व्रतको कुराहरू जसमा पनि महिलाहरूको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी यसको नियमलाई खुकुलो पारिएको हो । जसै नियम खुकुलो बन्दै गयो । यसका पछाडि धोती फुस्कने कार्यहरूले निरन्तरता पाउन थाले । जस्तै व्रतको नियमहरू उल्लंघन गर्नेहरूको संख्या पनि बढ्दै गएको कुरा धार्मिक विज्ञहरूबीच चर्चाको विषय बन्दै गएको छ ।

धार्मिक महत्व
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन छोरी पार्वतीलाई मन नपरेपछि पार्वतीले आफुले मन पराएको वर पाउँ भनि जंगलमा गएर शिवजीको तपस्या गर्न थालिन् । करिब एक सय वर्षसम्म पनि आफ्नो तपस्याको फल प्राप्त नगरेपछि उनले त्यही स्थानमा शिवजीको लिंग स्थापना गरी निराहार पानी समेत नपिई व्रत बस्न थालिन् । पार्वतीको कठोर व्रतको अगाडि शिवजीको केही जोड चलेन, जसको कारण शिवजी आफै प्रकट भई चिताएको कुरा पुगोस् भनी आशिर्वाद दिएकाले शिव र पार्वती प्रणय सूत्रमा बाँधिएका थिए । जुन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही दिनदेखि हिन्दु नारीहरूले यसलाई उत्सवको रूपमा मनाउन थालेका हुन् । जुन चलन अहिलेसम्म पनि चलिरहेको छ ।

विवाहपछि महिलाहरूले आप्mनो श्रीमान्कोमा जाने र आपूmलाई जन्म दिने माता पिता, भाइबहिनी, इष्टमित्रहरू र समाजलाई परित्याग गरी पराई घरमा जाने भएकाले एक नारी सोको पीडा र माइतीको यादलाई केही मत्थर गर्नका लागि हालसम्म हरितालिका पर्व मनाउने चलन बसेको हिन्दू ग्रन्थहरूमा उल्लेख छ । तीजमा महिलाहरूलाई मीठा–मीठा खानेकुरा र नयाँ कपडा खरिद गरिदिने चलन पनि यही बेलादेखि सुरु भएको मानिन्छ ।

विसंगतिमा हरितालिका
प्रत्यक्ष धार्मिक आस्थासँग जोडिएको हरितालिकाको धार्मिक महत्व जति थियो । अहिलेको समाजले त्यसको मान्यतालाई भत्काउँदै लगेको पाइन्छ । जसको मूलकारण समय, परिस्थिति र आधुनिक समाजलाई लिन सकिन्छ । जसै आधुनिक समाजको प्रारूप तयार भयो । जसले धार्मिकदेखि समाजका विभिन्न अवसरहरूमा छड्के निगरानी सुरु गर्न थाल्यो । जसको प्रत्यक्ष असर ठूला–ठूला चाडपर्वहरूमा पर्न थाल्यो । जस्तै : उदाहरणको लागि हरितालिका तीजले महत्वपूर्ण स्थान राख्छ । संगति भन्द विसंगति माथि उठ्न थालेको हाम्रो समाजले अहिले धार्मिक महत्वका विषय आवाजहरूमा उठाउन छाडेका छन् । एकदिन अर्थात व्रतको अघिल्लो दिन खाने दरले पनि महत्वपूर्ण स्थान ओगटेको छ । धार्मिक मान्यता अनुसार व्रतको अघिल्लो दिन खाने मीठा–मीठा परिकारलाई दर भन्ने गरिन्छ भने अहिले यसको महत्व घट्न थालेको महसुस गर्न थालिएको छ । किन घट्यो त यसको महत्व ? प्रश्न जति चोटिलो छ उत्तर त्यति सहज छैन । तीजको तिथि आउनु एक महिना अगाडिदेखि महिलाहरूमा आउने परिवर्तन र हाउभाउ पनि हो । यसमा सबैभन्दा चर्चा पाएको दिन भनेको दर नै हो । एक महिनाअगाडि विभिन्न स्थानहरूमा रहेका आप्mना साथीहरूसँग बसी दर खाने एक प्रकारको आधुनिक प्रचलन पनि बढेको छ ।

तीजका पछाडि जेजति कुराहरू आए पनि यसको धार्मिक परम्परा र सांस्कृतिक महत्वलाई अहिलेसम्म कसैले पनि मेट्न सकेको छैन । त्यसैले यसको महत्वलाई ध्यानमा राखी यसको अगाडि आउने विसंगतिहरूलाई पन्छाउँदै संस्कृतिको जगेर्नातर्फ लाग्नु नै अहिले हिन्दू महिलाहरूको लागि ध्यान जान आवश्यक छ । यहि शब्दलाई बिट मार्दै हरितालिका तीजको शुभकामना व्यक्त गर्दछु ।

अन्त्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना ।

Tags :
प्रतिक्रिया दिनुहोस