ठमेलको ज्याठामा आगलागी करोडौं क्षति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ठमेलको ज्याठामा आगलागी करोडौं क्षति


२६ भाद्र २०७५, मंगलबार


Thamel

काठमाडौं । ठमेलको ज्याठामा मंगलबार बिहान भीषण आगलागी भएको छ ।

स्थानीय सुनीलमान स्थापितको घरबाट मंगलबार बिहान करिब साढे चारबजेबाट शुरु आगो छिमेकसम्मै फैलिँदा करौडौंको क्षति भएको छ ।

घरको पहिलो तलाबाट शुरु भएको आगो अक्सिजन ग्यास सिलिन्डर भण्डारण गरिएको भुँइतलासम्म सल्किएपछि अनियन्त्रित भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि जुद्ध बारुणयन्त्रलगायत दमकलसँगै सुरक्षाकर्मी परिचालित भएका थिए ।

प्रतिक्रिया दिनुहोस