निर्मला हत्या प्रकरण : विष्टलाई ४ दिन थुनामा राख्न म्याद थप « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निर्मला हत्या प्रकरण : विष्टलाई ४ दिन थुनामा राख्न म्याद थप


२४ भाद्र २०७५, आइतबार


कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उलटाखामकि १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले प्रमुख आरोपी दाबी गरिरहेको दिलिपसिंह विष्टलाई थप ४ दिन हिरासतमा राख्न म्याद थपिएको छ ।

जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको बेन्चले भदौ २२ गतेदेखि लागु हुने गरी म्याद थप गरेको हो ।

यो अनुसन्धानका लागि भन्दै दोस्रो पटक म्याद थप गरिएको हो । यसअघि पहिलो पटक भदौ ४ मा १० दिनको म्याद थप गरि अनुसन्धान थाल्न आदेश दिइएको थियो । प्रहरीले अनुसन्धान गरिरहेको भएपनि घटनाको थप जानकारी बाहिर आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस