२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोजपुरमा उडान सेवा अवरुद्ध

अ+ अ-

भोजपुर । एक महिना अघिदेखि जिल्लामा हवाइ सेवा सञ्चालन हुन सकेको छैन । जिल्लामा रहेको एक मात्र टक्सार विमानस्थलमा गत साउन १९ गतेबाट उडान बन्द भएको हो ।

लामो समयदेखि उडान नहुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकी अन्यत्र सिफारिस गरिएका बिरामीलाई लैजान समस्या परेको छ भने आकस्मिक कामका तत्काल राजधानी पुग्न र वृद्धवृद्धा तथा असक्तलाई पनि ओहोर–दोहोर गर्न समस्या हुँदै आएको छ ।

भोजपुर जिल्ला अस्पतालले मासिक १२ बिरामी अन्यत्र पठाउने गरेको जानकारी दिँदै चिकित्सक शिवजी रिजालले भने, “उडान बन्द हुँदा अन्यत्र पठाइनुपर्ने बिरामीलाई निकै समस्या छ, बाटोको अवस्था पनि राम्रो छैन । लामो समयदेखि उडान हुन नसस्दा कतिपय बिरामीले महँगो मूल्य तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य भएका छन् भने आर्थिक अवस्था कमजोर भएकाले भने अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ । ”

जिल्लामा उडान भर्दैै आएको ट्वीनओटर बिमान मर्मत भइरहेकाले उडान सेवा बन्द गरिएको नेपाल वायु सेवा निगम भोजपुर शाखाले जनाएको छ । निगमको केन्द्रीय कार्यालयले जहाज मर्मत भइरहेकाले अझै करिब दुई हप्तासम्म जिल्लामा उडान नहुने जानकारी दिएको विमानस्थलका ट्राफिक कन्ट्रोलर विजय श्रेष्ठले जानकारी दिए।

निगमले यसअघि आइतबार र सोमबार बाहेक भोजपुर–काठमाडौैं पाँच पटक र विराटनगर–भोजपुर हप्तामा एक पटक उडान भर्दै आएको थियो । रासस