२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभिन्न भाषामा २७ कृतिको अनुवाद

अ+ अ-

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान अनुवाद विभागले २७ कृतिको विभिन्न भाषामा अनुवाद गरेको छ ।

वि.सं. २०७१ भदौ २० गते गठन भएको यस पटकको प्राज्ञ परिषद्ले आफ्नो चार वर्षको अवधिमा विभिन्न भाषामा कृति अनुवाद गरेको हो । प्रतिष्ठानले ‘अनुवादक परिचय कोष’, ‘रनमाया उपन्यास’ अङ्ग्रेजी भाषामा अनुवाद, ‘संस्कृतिका पौराणिक आख्यानहरु’ नेपाली अनुवाद, ‘देवदास उपन्यास’ नेपाली अनुवाद, ‘रवीन्द्रनाथ टैगोर की प्रतिनिधि कहाँनिया’ नेपाली अनुवाद, ‘सार्क मुलुकका महिला कथाकारका कथा’ नेपालीमा अनुवाद गरेको छ ।

‘विश्वका प्रसिद्ध कथाकारहरुका कथा’ नेपाली अनुवाद, ‘विश्वका प्रसिद्ध महिला कथाकारका कथाहरु’ नेपाली अनुवाद, ‘द रिभल मर्निङ’ अङ्ग्रेजी अनुवाद, ‘भोजपुरी उपन्यास’ नेपाली अनुवाद, ‘बाबु आमा र छोरा उपन्यास’ हिन्दी अनुवाद, ‘नेपाली हाँस्य ब्यङ्गका प्रतिनिधि कविताहरु’ हिन्दी अनुवाद, ‘मन्नु भण्डारीका प्रतिनिधि कविताहरु’ नेपालीमा अनुवाद गरिएको छ ।

यसैगरी ‘सुकर्म उपन्यास’ हिन्दी अनुवाद, ‘चम्पा उपन्यास’ हिन्दी अनुवाद, ‘अनुराधा उपन्यास’ हिन्दी अनुवाद, ‘विलियम शेक्सपियरका नाटक’ नेपाली अनुवाद, ‘नेपाली र हिन्दीका प्रतिनिधि कविताहरु’ अवधि अनुवाद, ‘सोमली र सोहागिन मैथली कथासङ्ग्रह’ नेपाली अनुवाद गरिएको हो ।

यस्तै ‘सिद्धिचरणका कविताहरु’ हिन्दी अनुवाद, ‘समकालीन कविता सङ्ग्रह भाग–१’ हिन्दी अनुवाद, ‘नेपाली उत्कृष्ट कथाहरु’ भोजपुरीमा अनुवाद गरिएको छ ।

विभिन्न ११ विभाग रहेको प्रज्ञा प्रतिष्ठानमा अनुवाद विभागले मात्र उक्त कृतिको अनुवाद गरेको तत्कालीन अनुवाद विभागका प्रमुख प्राडा उषा ठाकुरले जानकारी दिए । ठाकुरको चार वर्षे कार्यकाल दुईदिन पहिला सकिएको थियो । चार वर्षको अवधिमा २० अनुवाद गोष्ठीसमेत सम्पन्न भएका छन् ।

नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन र इतिहासको अध्ययन अनुसन्धान, संरक्षण र सम्वर्द्धन गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षमा विभिन्न भाषाका १०६ कृतिसमेत प्रकाशन गरेको छ । यस्तै ४२ कृति छपाइका लागि छापाखानामा पठाएको छ । रासस

प्रतिक्रिया दिनुहोस