२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसिया प्यासिफिक क्षेत्रका गुप्तचर प्रमुखहरुको अन्तर्राष्ट्रिय भेला सम्पन्न

अ+ अ-

काठमाडौं । जारी एसिया प्यासिफिक क्षेत्रका राष्ट्रहरुका गुप्तचर प्रमुखहरुको भेला बुधबार काठमाडौंमा सम्पन्न भएको छ।

नेपाली सेनाका बलाध्यक्ष रथी हेमन्त राज कुँवरले होटल हायातमा एक समारोहकाबीच भेला समापन गरेका छन्।

नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्ड गुप्तचर निर्देशनालयलको संयुक्त आयोजनामा यही भाद्र १८ गतेबाट गुप्तचर प्रमुखहरुको ११ औँ भेला सुरु भएको थियो।

नेपालमा पहिलो पटक सञ्चालन भएको कन्फरेन्समा अस्ट्रेलिया, अमेरिका, बंगलादेश, बु्रनाई, बेलायत, कम्बोडिया, क्यानडा, फिजी, फ्रान्स, ईन्डोनेशिया, जापान, कोरिया, मलेशिया, मंगोलिया, नेपाल, न्यूजिल्याण्ड, पपुवान्यूगिनी, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड, टिमोर—लेस्ते, टोंगा, भियतनाम गरी जम्मा २३ राष्ट्रहरुका उच्च तहका सैनिक अधिकृतहरुको सहभागिता रहेको थियो।

कन्फरेन्समा सहभागी मित्रराष्ट्रहरुका रथीबृन्द तथा अधिकृतहरुलाई नेपालको पर्यटकीय स्थल स्याङबोचे, पाटन दरवार स्क्वायर र स्वयम्भूनाथको अवलोकन भ्रमण गराईएको नेपाली सेनाले जनाएको छ। सन् २००७ मा मलेसियाबाट सुरुवात भएको सम्मेलनको बाह्रौ संस्करण आगामी वर्ष २०१९ मा फिलिपिन्समा हुने तय भएको छ।

बहुराष्ट्रिय संयुक्त कन्फरेन्सले वर्तमान र भविष्यमा उत्पन्न हुन सक्ने रणनैतिक सुरक्षा चुनौतिको समाधानको लागि अन्तर्राष्ट्रिय स्तरमा भेटघाट, छलफल र समन्वयद्वारा पेशागत विशेषज्ञता आदान–प्रदान हुन गई सैनिक गुप्तचरी क्षमतामा थप अभिबृद्धि गर्न मद्धत पुग्नुको साथै मित्र राष्ट्रहरुसँगको सैनिक सम्बन्ध अझ मजबूत र प्रगाढ भएको विश्वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।