सेवा नरहने तथा समूहीकृत गर्ने विषयमा मन्त्रीको ध्यानाकर्षण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सेवा नरहने तथा समूहीकृत गर्ने विषयमा मन्त्रीको ध्यानाकर्षण


प्रशासन विशेष ब्युरो

१९ भाद्र २०७५, मंगलबार


संघीय निजामती सेवा ऐन

काठमाडौँ । नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवामा कार्यरत कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण गरेका छन् ।

संघीय निजामती सेवा ऐनको विधेयकमा उल्लेखित नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा नरहने र उक्त सेवालाई मिल्दो सेवा समूहमा समूहीकृत गरिने विषयप्रति उक्त सेवाका कर्मचारीले मन्त्री लालबाबु पण्डित समक्ष लिखित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

सेवा नै नरहने भएपछिको अन्यौलता हटाई विशेषज्ञता, प्रभावकारीता र वृत्ति विकासबारे सही निर्णय लिन नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवामा कार्यरत कर्मचारीहरूको तर्फबाट मन्त्रीको ध्यानाकर्षण गरिएको छ ।

प्रस्तावित विधेयकमा यस सेवाको स्पष्ट निकास दिन वा आर्थिक योजना तथा तथ्याङ्क सेवा कायम गरी आर्थिक योजना समूह क्रियाशील होस् या प्रशासन सेवाभित्रै अरू समूहसरह सक्रिय तथ्याङ्क तथा आर्थिक योजना समूह गठन गरी विशिष्टीकरणसहित सामयिक विकासको लागि पहल गर्नसमेत ध्यानाकर्षण गरिएको छ ।

हेर्नुहोस् ध्यानाकर्षण पत्र

Tags :
प्रतिक्रिया दिनुहोस