महानगर बम बिस्फोटका तीन आरोपी पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महानगर बम बिस्फोटका तीन आरोपी पक्राउ


प्रशासन विशेष ब्युरो

१७ भाद्र २०७५, आइतबार


बम बिस्फोट

मोरङ । विराटनगर महानगरपालिकामा बम बिस्फोट गराएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जहदा गाउँपालिका–२ का ५३ वर्षीय मनोजकुमार सिंह, सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका–३ नयाँ टोलका २० वर्षीय अभिमन्यु गिरी र सुखिपुर नगरपालिका ५ का २४ वर्षीय रामरिझन यादव रहेका छन् ।

सिंहलाई शुक्रबार मोरङबाट पक्राउ गरिएको हो भने गिरी र यादवलाई शनिबार सिरहाबाट पक्राउ गरेर जिल्ला प्रहरी मोरङले आइतबार सार्वजनिक गरेको छ ।

बम बिस्फोट रिमोट कन्ट्रोलबाट गराइएको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस