विदा अवज्ञा गरेको भन्दै प्रदेश सरकारका मन्त्री धर्नामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विदा अवज्ञा गरेको भन्दै प्रदेश सरकारका मन्त्री धर्नामा


१७ भाद्र २०७५, आइतबार


विदा

काठमाडौं । सार्वजनिक विदा अवज्ञा गरेको भन्दै प्रदेश सरकारका एक जना मन्त्री धर्ना बसेका छन् ।

प्रदेश सरकारले दिएको दिएको विदा अवज्ञा गरेको भन्दै प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव आफैं राष्ट्र बैंकको जनकपुर कार्यालयमा धर्ना बसेका हुन् ।

मन्त्री तथा उनको नीजि सुरक्षासहितको टोली बैंक कार्यालयको मुलगेटमा धर्ना बसेका छन् ।

प्रदेश सरकारले आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक विदा दिएकोमा संघीय सरकार मातहतका कार्यालयहरु खुलेका छन् ।

यसअघि प्रदेश सरकारले दिएको रक्षा बन्धन तथा जनै पूर्णीमाको विदा अवज्ञा गरेको भन्दै मन्त्री यादवले नै राष्ट्र बैंकको मुलगेटमा ताला लगाएका थिए ।

 

र यो पनि,

प्रदेश गृहमन्त्रीले लगाए राष्ट्र बैंकको कार्यालयमा ताला

Tags :
प्रतिक्रिया दिनुहोस