प्रदेश गृहमन्त्रीले लगाए राष्ट्र बैंकको कार्यालयमा ताला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश गृहमन्त्रीले लगाए राष्ट्र बैंकको कार्यालयमा ताला


१० भाद्र २०७५, आइतबार


जनकपुरधाम । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकको कार्यालयमा ताला लगाएका छन् ।

प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै प्रदेश २ का मन्त्री यादवले राष्ट्र बैंकको कार्यालयमा ताला लगाएका हुन् ।

प्रदेश २ सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा दिएको भएपनि संघीय सरकार मातहतका कार्यालयले विदा अवज्ञा गरेपछि प्रदेशका आन्तरिक मामिलामन्त्री आफैं जनकपुरस्थित राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गरेका हुन् ।

प्रदेश सरकारको बिदा अटेरी गर्ने सरकारी कार्यालय र बैंकको अनुगमनमा निस्केका मन्त्री यादवले धेरैबेरको वार्तापछि पनि राष्ट्र बैंक बन्द गर्न नमानेपछि बैंकको मुख्य गेटमा ताल्चा लगाइदिएका छन्। मन्त्री यादव आफ्ना अंगरक्षकसहित राष्ट्र बैंक पुगेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस