२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिमस्टेक पछिको काठमाडौँ

अ+ अ-

हरेक दिन बिहान भिमसेनगोलाबाट सुरु हुन्थ्यो मेरो विद्यालयको यात्रा । करिब दुई महिना देखि फोहोरले असिन पसिन भइरहेका राजधानीवासीसँगै यसको प्रत्यक्ष कष्ट भोग्नेमा म पनि एक थिएँ ।

हरेक दिन घाँटीमा झुण्डीएको टाईले नाक छोपेर विद्यालय हाँकिनु बाध्यता नै भइसकेको थियो । फोहोरसँग सरोकार समूह नुवाकोटको डम्पिङ साइटमा पहिरो गएर समस्या आई परेको भनेर पन्छिन खोज्थे भने सरकार उनीहरूकै कुरामा हो मा हो मिलाउँथे । समस्याको समाधान तर्फ कसैको ध्यान जान सकेको थिएन ।

विद्यालय जाने आउने क्रम जारी नै छ । केही दिन अघिको कुरा हो, राजधानीको शीर्ष स्थानहरूमा एकाएक परिवर्तन आउन थाले । हाम्रो बस गुड्ने रुट एकाएक दुलही जस्तै सजिन थाले । ओहो कस्तो रमाइलो, कति राम्रो भन्ने जिज्ञासा मनमा उतार्दै मैले मम्मीसँग यसबारे जिज्ञासा राखेँ ।

मम्मीले थाहा पाई नपाई छोटो र सटिक जवाफ दिनुभयो । भन्नुभयो –अहिले यहाँ विमस्टेक पर्व चलिरहेको छ । त्यसैले यस्तो देखिएको हो । गत भाद्र १४ र १५ मा सुरु भएको विमस्टेकले राजधानीका बाहिरी सहरलाई दुलही बनाएको थियो ।

जुन कुरा हामीलाई सामाजिक शिक्षा पढाउने र इन्चार्ज समेत रहनु भएका माधव पुरी सरले पनि जानकारी दिनुभएको थियो । तर पनि मेरो मन त्यसै बस्न सकेन । हरेक दिन विद्यालयबाट आवात आवतजावत गर्दा देखिने सहर अब आउने दिन अर्थात् सम्मेलन पछि पनि यथावत् रहन्छ भन्नेमा सङ्कोच थियो । सधैँ यस्तै झिलिमिली सहर देख्न पाए हुन्थ्यो भन्ने मनमा थियो । त्यो सम्भव थियो ।

च्यापिएर बसेका फोहरमैला कतिखेर बाहिर आउन पाउँला भनेर ढुकेर बसेका थिए । यत्रतत्र छरिएर रहने बानी परेका फोहोर मैला यत्तिकै राजधानी छोड्ने वाला छैनन् । फेरी अर्को कुरा मनमा खेल्यो, विमस्टेक पछि थुप्रिने फोहोरले के गर्ने होला ? यसको सही विसर्जन भएन भने फोहोरको कोलाहलले फेरी हामीले सास्ती भोग्नु पर्नेछ नै !

यता विभिन्न कराहरु मनमा खेलिरहेका थिए तैपनि भाद्र १३ गते सम्म विद्यालयको यात्रा जारी थियो । जति हे¥यो त्यति राम्रो बन्दै थियो राजधानी । यो क्षणिक हो भन्ने मनमा थियो । भाद्र १४ र १५ गते सुरु भएको सम्मेलनले विद्यालय जानबाट वञ्चित गरायो नै । विद्यालय खुले पछि पनि पहिला जस्तै झिलिमिली सहर भइदिए हुन्थ्यो भनेर मैले मनमनै सोच्नु बाहेक केही थिएन ।

स्मार्टसिटीको जय होस !

श्रेया नेपाल
कक्षा ७ (एफ)
सैनिक आवासीय महाविद्यालय
सल्लाघारी, भक्तपुर