संघीय निजामती सेवा ऐन,२०७५ को मस्यौदा मन्त्रिपरिदमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संघीय निजामती सेवा ऐन,२०७५ को मस्यौदा मन्त्रिपरिदमा


प्रशासन विशेष ब्युरो

१५ भाद्र २०७५, शुक्रबार


संघीय निजामती सेवा ऐन २०७५

काठमाडौं । संघीय निजामती सेवा ऐन, २०७५ को मस्यौदा मन्त्रिपरिषदमा पठाईको छ ।

अर्थ, कानुन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बिच भएको लामो छलफलपछि ऐनको मस्यौदा मन्त्रिपरिषदमा पठाइएको हो ।

मस्यौदामा निजामती सेवाको गठन सम्बन्धमा ८ वटा सेवा मात्रै कायम गरिएको छ । कर्मचारीको अवकास उमेर ५८ वर्ष नै राखिएको छ भने स्वास्थ्य सेवा अन्तर्गतका कर्मचारकिो हकमा अनिवार्य अवकाशको उमेर ६० नै कायम गरिएको छ ।

त्यस्तै राजपत्रांङ्कित द्वितिय श्रेणी(उपसचिव) र प्रथम श्रेणी(सहसचिव) को खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति नहुने भएको छ । अन्तर सेवा प्रतियोगिता २०, आन्तरिक प्रतियोगिता १० र ज्येष्ठताद्वारा ७० प्रतिशत कायम गरिएको छ ।

 

हेर्नुहोस् संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरुको व्यवस्था गर्न बनेको बिधेयक

Tags :
प्रतिक्रिया दिनुहोस