उपत्यकामा आज जोर नम्बर प्लेटका सवारीलाई मात्रै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपत्यकामा आज जोर नम्बर प्लेटका सवारीलाई मात्रै


प्रशासन विशेष ब्युरो

१४ भाद्र २०७५, बिहिबार


काठमाडौं । उपत्यकामा आज जोर नम्बर प्लेटका सवारी साधन मात्रै गुड्न पाउने छन् ।

बिमस्टेक शिखर सम्मेलनमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन बुधबारदेखि सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली शुक्रबारसम्मै लागू हुनेछ । जस अनुशार बुधबार विजोर, आज(विहिबार)जोर र भोली(शुक्रबार) बिजोर सवारी साधन गुड्न पाउने छन् ।

आज उपत्यकाका तीन वटै जिल्लामा जोर नम्बर प्लेटका सवारी साधन मात्रै गुड्न पाउने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । उक्त व्यवस्था बिहान ६ बजेदेखि सुरु भई राति १० बजेसम्म लागू हुने छ।

बिमस्टेक सम्मेलनमा खटिने तथा आमन्त्रित व्यक्तिहरु, हवाई सेवामार्फत काठमाडौं बाहिर जाने यात्रु, बिरामी बोकेका एम्बुलेन्स तथा अन्य अत्यावश्यक र आकस्मिक सवारीलाई समेत निर्वाध गुड्न दिइने महाशाखाले जनाएको छ । पत्रकारका हकमा सूचना विभागबाट परिचयपत्र प्राप्त वा प्रेस पास लिएकालाई मात्र सवारीसाधन सञ्चालन गर्न दिइनेछ।

सम्मेलनलाई मध्यनजर गर्दै बुधबारदेखि शुक्रबारसम्मै उपत्यकाका सम्पूर्ण शिक्षण संस्थासमेत बन्द हुनेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस